भारतमा उपचार गरेर फर्केका कञ्चनपुरका पुर्व सशस्त्र प्रहरी हवल्दार मृत फेला

कञ्चनपुर– कञ्चनपुरमा सशस्त्र प्रहरी बल नेपालका पूर्व कर्मचारी मृत अवस्थामा फेला परेका छन् ।

मंगलवार सशस्त्रका पूर्व प्रहरी वरिष्ठ हवल्दार गणेश भाट मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार वेदकोट नगरपालिका–४ का भाट घरमै मृत अवस्थामा भेटिएका थिए ।

सशस्त्रबाट रिटार्यड भएका उनी केही समय अगाडिदेखि उपचारका लागि भारतमा थिए । हालै भारतबाट फर्किएका उनी मंगलवार मृत फेला परेका हुन् । प्रहरीले घटनाको थप अनुसन्धान भैरहेको जनाएको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्