सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

काठमाडौं ः सामाजिक सञ्जाल फेसबुकमार्फत नाबालिकाको चरित्रहत्या गरेको अभियोगमा भक्तपुर, भक्तपुर नगरपालिका९४ काहालान्च घर भएका २८ वर्षीय पुरूषलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

नाबालिकाले फेसबुकमा पोष्ट गरेका तस्विरलाई अश्‍लिल तस्विरमा अनुहार जोडी अश्‍लिल गतिविधि युक्त कन्टेन्ट लेखेर फेक फेसबुक आईडीमा पोष्ट गरी चरित्र हत्या गरेको भन्ने पीडितको उजुरीको आधारमा प्रहरीले उनलाई प्रक्राउ गरेको हो । नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले प्रारम्भिक अनुसन्धान तथा प्राविधिक विश्लेषण गर्ने क्रममा प्रक्राउ पर्ने व्यक्ती निजी विद्यालयका शिक्षक खुल्न आएकाले उनलाई भक्तपुरबाट पक्राउ गरेको हो ।

उनी उपर काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद अनुमति लिई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसूरमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्