धनगढीः कैलालीमा एक जनाको नदीमा डुबेर मृत्यु भएको छ।
जिल्लाको भजनी नगरपालिका–३ ढुसाका २३ वर्षीय राजमहम्मद खाँको नदीमा डुबर मृत्यु भएको हो। उनको जानकी गाउँपालिका–७ स्थित पथरैया नदीमा डबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
उनी हिजो (मंगलवार) बिहान भैँसि पुर्याउन भनेर टीकापुर गएका थिए। राति ११ बजेसम्म घर नफर्किएपछि उनका परिवारले खोजतलासका लागि इलाका प्रहरी कार्यालय भजनीलाई खबर गरेका थिए।
उनलाई प्रहरीले खोजतलासका क्रममा आज जानकी गाउँपालिका–७ स्थित पथरैया नदीमा मृत अवस्थामा फेला पारेको हो। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



