कैलालीमा बिरालाले टोकेर एक महिलाको मृत्यु, दोस्रो रेबिज सुई लगाएकी थिइन्

धनगढी– कैलालीको धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा रेबिजको सुई लगाएकी एक महिलाको मृत्यु भएको छ ।

बिरालोले टोकेपछि रेबिजको सुई लगाउन सेती प्रादेशिक अस्पताल गएकी ति महिलाको मृत्यु भएको हो ।

धनगढीमा बस्दै आएकी ४० वर्षीया सीता डंगौराको मृत्यु भएको बताइएको छ । सिताले बिरालोले नङमा कोपरे पछि चैत १५ गते पहिलो र १८ गते दोस्रो रेबिज विरुद्धको सुई लगाएको मृतककी आफन्त मनीषा चौधरीले बताइन् ।

दोस्रो सुई लगाउने बित्तिकै अप्ठ्यारो भएपछि उनलाई भेन्टिलेटरमा राखिसकेको थियो । अस्पतालले आज उनलाई मृत घोषणा गरी शव लैजान भनेपछि मृतकका आफन्तले डाक्टरको लापरबाहीले बिरामीको ज्यान गएको भन्दै शव बुझ्न मानेका छैनन् ।

सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शेरबहादुर कमरले बिरालो, कुकुरसहित जङ्गली जनावरले टोकेपछि रेबिजविरुद्धको सुई लगाउनुपर्ने निर्देशिका छ, तर विरलैमा यो समस्या देखिने उनको भनाइ छ । यसमा अस्पताल वा चिकित्सकको कुनै गल्ती नभएको कमरको भनाइ छ ।

प्रतिक्रिया छाेड्नुहाेस्