कैलालीमा सगैँ सुतेका दुई दिदी–बहिनी मृत फेला

कैलाली– कैलालीमा दुई दिदी–बहिनी मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको घोडाघोडी नगरपालिका–१० थेवरका २७ वर्षीय श्रीमालु चौधरी र २२ वर्षीय ईन्द्रा चौधरी मृत फेला परेका हुन् ।

उनीहरू दुबैजनाले काठले बनाएको टिनले छाएको घरको दोस्रो तलाको आफ्नै सुत्ने कोठाको बल्लीमा दोपट्टाको पाँसो लगाई झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया छाेड्नुहाेस्