बैतडी- सुदूरपश्चिमेली लोक तथा डेउडा गायक महेश कुमार औजीका हरेक गीतमा मधूर रस हुन्छ । पश्चिमको भाषा, कला, संस्कृतीलाई संगितका माध्यमद्वारा उजागर गर्दै आएका औझीको पछिल्लो समय सार्वजनिक ‘हाइ पदमका फुल’ डेउडा गीत समेत सुनौँ-सुनौँ लाग्ने छ ।
स्थानीय संगितप्रेमिहरुका अनुसार औझीका अन्य गितहरुजस्तै यो पछि निकै लोकप्रिय छ । जसको म्यूजिक भिडियो समेत हेर्न लायक छ । गायक औजीको आफ्नै अफिसियल युटूब च्यानलबाट गीत भिडियोसहित सार्वजनिक भएको हो।
गीत हेर्नुहोस !
गायक औजी र महेन्द्रराम पार्कीको आवाज रहेको गीतमा ग्रुप भोकल विमला कडेल, लक्ष्मी राना, रूपा तामाङ, योगेश पुन र रामबाबु परियारको रहेको छ। गीतमा गायक औजीसँगै पार्की र कैलाश पाण्डेयको लय रहेको जनाइएको छ।
हेमन्त शिशिरले एरेन्ज गरेको गीतमा अभिषेक खड्का र दुर्गा भट्टको सुन्दर अभिनय रहेको छ। गीतमा माया पिरती र यथार्थ जीवनको कुरा समेटिएको छ।
सुदूरपश्चिमा बेग्लै पहिचान बनाएका गायक औजीले नयाँ तरिकाले गीत प्रस्तुत गरेका हुन्। विगतमा जस्तै आफ्ना गीतलाई माया गरिदिन र आवश्यक सल्लाह सुझाव दिन गायक औजीले आग्रह गरेका छन्। औजी अढाई दशकदेखि गायन क्षेत्रमा सक्रिय छन्।



