धनगढीः धनगढीमा रहेको चैतन्य पाठशाला स्कुल सामाजिक सेवामा अग्रसर बन्दै गएको छ।
उक्त पाठशालाले कैलाली जिल्ला लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका आर्यन बिकलाई बुधवार एक कार्यक्रम गरी उनलाई निशुल्क पढाउने निर्णय गरेको छ। बिकको पारीवारीक स्तिथि नाजुक र उनका बुवाको निधन भएको र आमाले आर्यनलाई पठनपाठन मज्दुरी गरेर पढाउन नसक्ने भएकाले पाठशालाले समाजिक उत्तरदायित्व अन्र्तगत आर्यनलाई कक्षा १० सम्म निशुल्क पढाउने सम्झौता गरेको छ।
पढाइसँगै उच्च बौद्धिक क्षमता भएका आर्यन बि.कको प्रतिभालाई प्रोत्साहन गर्न र वैज्ञानिक आविष्कारलाई बढावा दिन चैतन्य पाठशाले समाजिक उत्तरदायित्व सम्झेर आर्यनलाई कक्षा १० सम्म निशुल्क पढाउने सम्झौता गरेको पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले बताए। हामीले सामाजिक मुल्य मान्यता अनुसार बालबालिकालाई शिक्षित मानिस बनाउने कुनै पनि समस्यामा परेका बालबालिकालाइ चैतन्यले पाठशालाले सहयोग गर्दै आएको जोशीले बताए
आर्यन बि. क सानै हुँदा बुवाको निधन भएको र सबै रेखदेख आमाले गरिरहेकी थिइन्। आर्यन सानै देखि आविष्कार गरिरहने र अब प्लेन , रोर्बट बनाउने इच्छा राखेको तर पारिवारीक अवस्था नाजुक भएकाले अब चैतन्य पाठशालाले भतिजालाई पढाइसँगै आविष्कारमा समेत सहयोग गर्ने भए पछि आफुहरु खुसि भएको आर्यनका काका नृप विश्वकर्माले बताए।



