प्रधानमन्त्रीको तेस्रो कार्यकाल सम्हाल्दै मोदी

एजेन्सीः भारतीय जनता पार्टी (भाजपा)का नेता नरेन्द्र मोदी फेरि भारतको प्रधानमन्त्री बनेका छन्

राष्ट्रपति द्रौपदी मुर्मूले शुक्रवार साँझ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) संसदीय दलका नेता मोदीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन्। शुक्रवार बिहान बसेको एनडीएका सांसदहरूको बैठकले मोदीलाई दलको नेता चयन गरेको थियो। एनडीएका नेताहरूले संसदीय दलको निर्णय जानकारी गराएपछि राष्ट्रपति मुर्मूले मोदीलाई प्रधानमन्त्री नियुक्त गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

मोदीले आइतवार साँझ ६ बजे शपथ लिने कार्यक्रम छ। जहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सरिक हुनेछन्। मोदी तेस्रोपटक भारतको प्रधानमन्त्री बन्न सफल भएका हुन्। जुन ४ मा घोषित लोकसभा चुनावको नतिजामा भाजपाको नेतृत्वमा रहेको एनडीएले लगातार तेस्रोपटक सत्ता हासिल गरेको छ।

मोदी गुजरातको मुख्यमन्त्री हुँदै केन्द्रमा छाएका नेता हुन्। हिन्दुत्वको मुद्दा दह्रोगरी बोकेका उनी सन् २०१४ मा पहिलोपटक भारतको प्रधानमन्त्री बनेका थिए। यस्तै उनी सन् २०१९ मा दोस्रो कार्यकालमा लागि प्रधानमन्त्री बनेका थिए।

2 Comments Text
  • 💦 Dating for sex. Create 👉🏿 yandex.com/poll/43o224okZdReGRb1Q8PXXJ?hs=82aa60c80b42901eb785b700366af5ee& Private Message # WQLC8854419 💦 says:
    Your comment is awaiting moderation. This is a preview; your comment will be visible after it has been approved.
    2by1x9
  • https://viptube.site/ says:
    Your comment is awaiting moderation. This is a preview; your comment will be visible after it has been approved.
    best steroids for cutting fat References: https://viptube.site/
  • प्रतिक्रिया छाेड्नुहाेस्