शेर बहादुर शाह अछाम : अछामको चौरपाटि गाउँपालिका–४ पायलको काठेखेतमा ‘एक घर एक धारा’ अभियानअन्तर्गत सञ्चालित खानेपानी आयोजना सम्पन्न भएको छ ।
बुधबार एक कार्यक्रमका बीच सम्पन्न खानेपानी आयोजनाको नेपाली काङ्ग्रेसका नेता पुर्ब पार्टी सभापति भरत कुमार स्वारले गाउँमा श्रमदान गर्ने संस्कृति क्रमशः हराउँदै गएकोमा चिन्ता व्यक्त गर्दै अन्य आयोजनामा पनि अनिवार्य श्रमदानको व्यवस्था स्थानीय सरकारले गर्नुपर्ने बताए। साथै पालिकाको यो नमुना कार्य प्रति प्रसंशा गर्दै आगामी दिनमा यस्तै काम हरु गर्न निर्देशन दिनुभयो । कुवर ,खड्का ,दमाई समुदायको बसोबास रहेको काठेखेतमा २७ घरमा धारा जडान गरिएका छन् ।
कार्यक्रमका बिशिस्ट अतिथि चौरपाटि गाउपालिकाका अध्यक्ष भिम बहादुर साउदले आफुले जनता माझ चुनाबको बेला गरेका बाचाहरु क्रमिक रुपमा पुरा गरिरहेका बताउनु भएको छ ।कार्यक्रममा बोल्दै अध्यक्ष साउदले बाँकी रहेका पालिका भित्रका अन्य बस्तीमा पनि चाँडै धारा जडान हुने बताए । उनले गाउँपालिकाले सबै वडामा यो अभियान सञ्चालन गरिरहेको भन्दै काठेखेत बस्तीलाई पहिलो प्राथमिकतामा राखिएको जानकारी दिए। उनले काठेखेतमा खानेपानी योजना सम्पन्न भएपछि पानी डोकोमा बोक्ने दिनको अन्त्य भएको बताए ।
गाउँपालिका, स्थानीय उपभोक्ताको साझेदारीमा खानेपानी आयोजना सम्पन्न भएको हो । करिब अनुमानित रु २३ लाख जनश्रमदान ४ लाख साठि हजार कूल २७ लाख साठि हजार लागतको आयोजना निर्धारित समयभन्दा अघिनै सम्पन्न भएको अध्यक्ष साउदले बताए । गाउँपालिकाको ८० प्रतिशत र स्थानीयवासीको २० प्रतिशत श्रमदानबाट आयोजना सम्पन्न भएको हो ।
काठेखेत बस्तीमा सडक, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम भइरहेको जनाउँदै अध्यक्ष साउदले समुदायको उत्थानका निम्ति सक्दो सहयोग गरिरहेको बताए ।
यहाँ ४० घरपरिवारसँगै समुदाय र विद्यालयमा पनि एक÷एक वटा धारा जडान गरिएको छ । करिब ३ किलोमिटर टाढा रहेको मुहानबाट ल्याइएको पानीको ट्याङ्कीबाट सोह्र घरपरिवारलाई लिफ्ट प्रविधिबाट पानी पुर्याइएको छ ।
गाउँपालिकाका अन्य ठाउँमा पनि खानेपानीको योजना निर्माणको काम अन्तिम चरणमा रहेको गाउँपालिका अध्यक्ष भिम बहादुर साउदले जानकारी दिनुभयो ।
कार्यक्रममा वडाध्यक्ष लाल बहादुर धामी लगायतको सहभागिता रहेको थियो ।।
फोटोफिचर र भिडियो






