अतारिया बाट बेपत्ता भएका साउद खुर्खुरियामा सकुशल भेटिए ।

शेर बहादुर शाह कैलाली : आइतबारदेखि बेपत्ता भएका गोदावरी नगरपालिका वडा नम्बर ३ का ५० वर्षीय देब साउँद आज गौरिगंगा नगरपालिकाको खुर्खुरिया भन्ने ठाउँ मा सकुसल भेटिनु भएको उनका भान्जा निरज साउदले चौरपाटि खबरलाई जानकारी दिनुभएको छ ।
बोल्न नसक्ने अपाङ्गता भएका साउँद अन्तिम पटक अत्तरिया चोकबाट साइकलमा पूर्वरोडतर्फ गएको सीसीटीभी क्यामरामा देखिएको थियो ।

साथै उहाँलाई भेट्टाएर खबर गरिदिनु हुने प्रति आभार व्यक्त गर्दै खोजी कार्यमा सहयोग गरिदिनु हुने प्रहरी ,पत्रकार लगायत सम्पूर्ण मा साउद परिवारले सामाजिक संजालमा पोस्ट गर्दै  धन्यवाद समेत दिएका छन् ।

प्रतिक्रिया छाेड्नुहाेस्