
साउनभित्र पाकेको ब्याज आम्दानीलाई गत गत वर्षकै ब्यालेन्ससिटमा देखाउन पाउने, यस्तो छ नयाँ व्यवस्था
२०८१ साउन १४ गते १८:२५ विकासन्युज
काठमाडाैं । बैंकहरुले साउन मसान्तभित्र प्राप्त भएको ब्याज रकम बाहेक अन्य प्राप्त हुन बाँकी ब्याज आम्दानी बराबरको रकमा प्रचलित नियमानुसनरको आयकर र कर्मचारी बोनस कट्टा गरी बाँकी रकमलाई सञ्चित नाफामा खर्च गरी नियमन कारी निकायमा जम्मा गनु पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । राष्ट्र बैंकले सोमबार बैंक तथा वित्तीय संस्थाका लागि मौद्रिक नीति कार्यान्वयनका लागि परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
‘इजाजतपत्रप्राप्त संस्थाको लेखानीति बमोजिम आ.व. २०८०/८१ मा प्रोदभावी आधारमा लेखांकन गरिएको व्याज आम्दानी मध्ये २०८१ साउन मसान्तभित्र प्राप्त भएको व्याज रकम बाहेक अन्य प्राप्त हुन बाँकी ब्याज आम्दानी बराबरको रकममा प्रचलित नियमानुसारको आयकर तथा कर्मचारी बोनस कट्टा गरी बाँकी रकमलाई सञ्चित मुनाफा खर्च गरी नियमनकारी कोषमा जम्मा गर्नुपर्नेछ,’ परिपत्रमा उल्लेख छ ।
हालसम्म एनएफआरएस लागु भइनसकेका लघुवित्त वित्तीय संस्थाहरुको हकमा आ.व. २०८०/८१ मा पाकेको व्याज २०८१ साउन मसान्तभित्र प्राप्त भएमा सो रकमलाई त्यस्ता लघुवित्त वित्तीय संस्थाहरुले आ.व. २०८०/८१ को नाफा नोक्सान हिसावमा आम्दानी जनाउन पाउने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ ।





