दोस्रो पटक मुख्यमन्त्री बन्दै शाह

धनगढीः सुदूरपश्चिमको मुख्यमन्त्रीमा पुनः कमलबहादुर शाह दोहोरिने भएका छन्।

नेपाली कांग्रेस संसदीय दलको अहिले बसेको बैठकले सुदूरपश्चिमको मुख्यमन्त्रीमा शाहलाई बनाउने निर्णय गरेको हो। बैठकमा सहभागी कांग्रेस सांसद गीता चौधरीले शाहको नेतृत्वमा सरकार बनाउने निर्णय भएको बताएकी छन्। दलका नेतासमेत रहेका शाहले प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका छन्।

शुक्रबार मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेशसभामा सम्बोधनपछि राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले आज आइतबार ५ बजेभित्र नयाँ सरकारको दाबी पेस गर्न आह्वान गरेका थिए। मुख्यमन्त्रीको दौडमा प्रदेश सभा सदस्य बहादुरसिंह थापा, दिवानसिंह बिष्ट र प्रकाशबहादुर देउवा थिए।

तर उनीहरुलाई रोक्दै पूर्वमुख्यमन्त्री समेत रहेका शाह मुख्यमन्त्रीमा दोहोरिने भएका हुन्। यो सँगै कांग्रेसका शाह दोस्रोपटक मुख्यमन्त्री बन्ने भएका छन्। राजनीतिक समीकरण फेरिएपछि गत २२ चैतमा पदबाट राजीनामा दिएका शाहले १४ महिना प्रदेश सरकारको नेतृत्व गरेका थिए।

1 Comments Text
  • Brendan1768 says:
    Your comment is awaiting moderation. This is a preview; your comment will be visible after it has been approved.
    http://terios2.ru/forums/index.php?autocom=gallery&req=si&img=4549
  • प्रतिक्रिया छाेड्नुहाेस्