काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–४ गैंडाखेडामा आगलागीमा परेर धनमाल नष्ट भएको छ ।
आगलागीबाट एकेन्द्र शाहीको कच्ची घर, मदन बुढाको कच्ची घर र गोठ, डबल ठगुन्नाको कच्ची गोठ र विष्णु पाण्डेको कच्ची घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले शुक्रबार बिहान भएको आगलागीमा करिब २५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जनाएको छ ।
आगलागीको खबर पाएपछि प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो । आगलागीको कारण खुल्न सकेको छैन ।



