धनगढीस्थित नास्ट माध्यमिक विद्यालयबाट कक्षा १२ को परीक्षा दिएका ६०१ जना विद्यार्थीमध्ये ४१६ जना सफल भएका छन्। विद्यालयले सार्वजनिक गरेको नतिजा अनुसार उत्तीर्ण प्रतिशत ६९.२१ रहेको छ।
विज्ञान समूहमा २८६ र व्यवस्थापन समूहमा १३० जना विद्यार्थीले सफलता हासिल गरेका छन्। यस वर्ष विद्यालयका ४२ जना विद्यार्थीले ‘ए प्लस’ ग्रेड प्राप्त गरेका छन्।
विज्ञान समूहतर्फ कपिल भण्डारीले ३.९५ जीपीए ल्याउँदै विद्यालय टपर बनेका छन्। व्यवस्थापन समूहमा उत्सव अग्रवाल र रोशनी रावलले समान ३.८६ जीपीए प्राप्त गर्दै समूह टपरको उपाधि साझा गरेका छन्।
विद्यालयकाे उत्कृष्ट नतिजाकाे आधारमा नास्ट माध्यमिक विद्यालय सुदूरपश्चिम प्रदेशमै उत्कृष्ट ठहरिएको विद्यालय प्रशासनले जनाएको छ।


